नियम २१
नमूना सङ्कलन, परीक्षण तथा विश्लेषण;
(१) विभाग वा सम्बन्धित सरोकारवाला निकायले कुनै उद्योग, कलकारखाना, यन्त्र, सबारी साधन जस्ता यान्त्रिक उपकरणबाट उत्सर्जन वा निष्कासन हुने प्रदूषण तथा फोहरमैलाको स्थिति यकिन गर्नु पर्नेछ ।

(२) उपनियम (१) को प्रयोजनको लागि विभाग वा सम्बन्धित सरोकारबाला निकायले त्यस्तो उद्योग, कलकारखाना, यन्त्र, सबारी साधन जस्ता यान्त्रिक उपकरणबाट उत्सर्जन वा निष्कासन हुनै प्रदूषण तथा फोहरमैलाको नमूना सङ्कलन गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम सङ्कलन गरिएको नमूना नियम १७ को उपनियम (१) बमोजिमको प्रयोगशाला वा ऐनको दफा १८ को उपदफा (१) बमोजिम तोकिएको प्रयोगशालाबाट परीक्षण गर्ने वा गराउने व्यवस्था विभाग वा सम्बन्धित सरोकारवाला निकायले मिलाउनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम नमूनाको परीक्षण भए पछि सोको विश्लेषण समेत गरी विभाग वा सम्बन्धित सरोकारवाला निकायले सोको नतिजा अद्यावधिक गर्नु पर्नेछ ।